बिसङ्गतिबिरुद्ध पदमपोखरीमा अन्तरक्रिया
हेटौंडा/ हेटौंडा १३ पदमपोखरीस्थित बनस्पतीमा लागूऔषध न्यूनिकरण तथा सामाजिक बिकृतिबिरुद्ध शनिबार अन्तरक्रिया कार्यक्रम भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र सामुदायिक उप केन्द्रको आयोजना अन्तरक्रिया भएको हो ।
कार्यक्रम मकवानपुर प्रहरी प्रमुख एसपी विकासराज खनालको प्रमुख आतिथ्यता तथा सामुदायीक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम विष्टको विषेश आतिथ्यतामा भएको हो । उपकेन्द्रका अध्यक्ष विश्व आले मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १३ नम्बर वडा अध्यक्ष मनोव वाईबा, १२ नम्बर वडा अध्यक्ष ललित घलान लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्वस्थ समाज निर्माणको लागि सबै जना एक जुट भएर काम गर्नु पर्ने कुरा औल्याइएको थियो ।
