कोल्हवी गोल्डकपमा हेटौँडाको सानदार जित

तु खबर संवाददाता
२०७४ चैत्र १७, शनिबार २०:२६
file-photo

अनिल प्रित
कोल्हवी १७ चैत्र । प्रथम कोल्हवी गोल्डकप २०७४ मा हेटौँडाको टिम १ को बिरुद्ध ४ गोलले विजयी भएको छ । कोल्हवी नगरपालिका वडा नम्बर ११ मा पर्ने रामपुर्वा खेल मैदानमा भेटवाल एफ.सि.क्लव,हेटौडा र लहान–११,सिरहा बिच भएको खेलमा ४–१ को फराकिलो अन्तरले हेटौडा विजयी भएको हो ।

पहिलो हाफको खेलमा भेटवाल एफ.सि.क्लब,हेटौँडा जर्सी नम्बर १० को निमेश लामाले २२ औं मिनेट नबित्दै पहिलो गोल गरेका थिए ।

दोस्रो हाफको खेलमा सिरहा जर्सी नम्बर ७ का खेलाडी प्रविन श्रेष्ठले खेलको ४ औं मिनेटमा आफ्नो टिमका लागि गोल गरेर खाता खोलेका थिए । भेटवाल एफ.सि.क्लव,हेटौडाका खेलाडी जर्सी नम्बर ७ का सुसान लामाले ३३ औं मिनेटमा गोल गरी अग्रता दिलाए संगै सोहि टिमका जर्सी नम्बर १० का खेलाडीले पुःन एक गोल गरी तेस्रो गोलले हेटौँडालाई विजेता बन्न सहयोग गर्यो । खेलकैे अन्तिम अन्तिममा हेटौडाका जर्सी नम्बर ७ कै खेलाडीले थप १ गोल गरी १ को बिरुद्ध ४ गोलले भेटवाल एफ. सि. हेटौडालाई लाई बिजयी गराए ।

चैत्र २४ गतेसम्म चल्ने यो खेलमा विजेताले १ लाख ५० हजार रुपैया र उप–विजेताले ७५ हजार रुपैया पुरस्कार पाउने क्लवका अध्यक्ष त्रियोगी प्रसाद राउत थारुले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*