५ नम्वर प्रदेश नमुना प्रदेश बन्छ : मुख्यमन्त्री पोखरेल

तु खबर संवाददाता
२०७४ चैत्र १७, शनिबार १९:५२

नवलपरासी १७ चैत । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं ५ लाई नमूना प्रदेशका रुपमा विकास गरिँदै लगिने बताएका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको दोस्रो नगरसभालाई आज सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री पोखरेलले ५ नं प्रदेशको प्रवेशद्वारका रुपमा रहेको बर्दघाट नगरपालिकालाई नमूना हेर्न लायक नगरपालिका बनाउन सबैलाई आग्रह गरे ।

प्रदेश नं ५ मा प्रवेश गर्ने जो कोही व्यक्तिले पनि प्रदेश नं ५ मा प्रवेश गर्ने बित्तिकै नयाँ कुरा देख्न, सिक्न र आनन्दका लागि केही समय बस्ने खालको वातावरण सृजना गर्ने गरी कार्ययोजना अघि बढाउन मुख्यमन्त्री पोखरेलले आग्रह गरे ।

कार्यक्रममा बर्दघाट नगरप्रमुख धिरज शर्मा बस्यालले नगरपालिकाले अघि सारेका दीघकालीन विकासका योजना दाउन्ने राजमार्गको वैकल्पिक राजमार्ग, पञ्चनगरदेखि दाउन्ने सम्मको आकास मार्ग, बर्दघाटदेखि प्रतापुर सम्मको त्रिवेणी सडकलाई फोरलेण्ड गर्ने, नगरको फोहर व्यवस्थापन गर्ने लगायतका योजनाका बारेमा कार्यपालिका सदस्यलाई जानकारी गराउनुका साथै प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई योजना हस्तान्तरण गरेका थिए ।

नगरप्रमुख बस्यालले नगरपालिकाले अघि सारेका दीर्घकालीन विकासका योजनाका बारेमा जानकारी गराएसँगै बर्दघाट नगरपालिकाको दोस्रो नगरसभाको पहिलो चरणको कार्यक्रममा धन्यवाद प्रस्ताव पारित गर्दै सम्पन्न भएको थियो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*