ई–विडिङ सम्वन्धी कार्यशाला
मकवानपुर / नेपाल इन्जिनियरिङ एसोसियस मकवानपुर र निर्माण ब्यवसायी संघ मकवानपुरको संयुक्त आयोजनामा निर्माण ब्यवसायीहरुको लागि ई–विडिङ सम्वन्धी कार्यशाला गोष्टी सुरु भएको छ ।
पछिल्लो समयमा सरकारले ठेक्का प्रणालीलाई इन्टेरनेट मार्फत सञ्चालन गरेपछि निर्माण ब्यवसायीहरु अन्योलमा परेको भन्दै कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका निर्माण ब्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुलली तालिमले निर्माण ब्यवसायीहरुलाई निकै सहयोग मिल्ने बताए । नयाँ प्रविधिको बारेमा जानकारी राख्नुपर्ने समयमा भएको यो कार्यशाला निकै फलदायी हुने उनको भनाई रहेको छ ।
तालिमलाई सडह डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर आशुतोष कर्णले सहजिकरण गर्ने कार्यक्रम रहेको छ । तालिममा मकवानपुरका निर्माण ब्यवसायीहरुको सहभागिता रहेको छ । तालिममा हेटौँडा उपमहानगरपालिकाका इन्जिनियर सत्यनारायण शाह, थाहा नगरपालिकाका उपमेयर खड्ग गोपाली लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम नेपाल इन्जिनियरिङ एसोसियस हेटौँडा केन्द्रका कार्यवाह अध्यक्ष दिलिपकुमार बर्माको अध्यक्षतामा भएको हो ।
