फोनिज मकवानपुरमा कृष्ण सारु मगरको नेतृत्व
मकवानपुर १७ चैत । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा कृष्णसारु मगर निर्विरोध चयन भएका छन् । आज मकवानपुरमा भएको चौथो अधिवेशनले मगरको नेतृत्वमा ११ सदस्यीय समिती चयन गरेको छ ।
साथै अधिवेशनले उपाध्यक्षमा अशोक सुजन क्षेष्ठ , सचिवमा नमराज वाईवा , कोषाध्यक्षमा सुभराज भोम्जन , र सहसचिवमा रुपा गुरुङलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा चन्द्र घलान , मिना श्रेष्ठ ,सन्देश थिङ ,भुवन घलान ,मन्जरी बलामी र जनक लामालाई चयन गरेको छ ।
साथै अधिवेशनले केन्द्रिय पार्षदमा सुरेस क्षेष्ठ ,दुदुमाया स्याङतान , र प्रदेश पार्षदमा सुरजकुमार भुजेल र रन्जिता डंगोललाई चयन गरेको संघका सदस्य चन्द्र घलानले जानकारी दिए ।
