काठमाडौंमा भुकम्पको धक्का, सर्वसाधारण घरबाहिर

तु खबर संवाददाता
२०७४ चैत्र १७, शनिबार १९:२२

काठमाडौँ । गत २०७२ बैशाख १२ मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको तीन वर्ष पुग्नै लाग्दा आज साँझ पुनः अर्को पराकम्प गएको छ । काभ्रेलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले राजधानी काठमाडौंमा समेत धक्का महसुस गरिएपछि मानिसहरु बाहिर निस्केका थिए ।
भूकम्प मापन केन्द्रका प्रमुख लोकबिजय अधिकारीका अनुसार शनिवार साँझ ६ः३३ बजे काभ्रेको धुलिखेलदेखि ११ किमी पूर्वतर्फ केन्द्रबिन्दु बनाएर ३.५ रेक्टरस्केलको पराकम्प गएको हो ।
केन्द्रका अनुसार बैशाख १२ को भूकम्पपछि हजारौं साना तथा ४९२ वटा ठूला पराकम्प गएको छ । आज गएको भूकम्प गत फागुन ९ गते ४९१ औं पराकम्प ३.६ रेक्टरस्केलको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*