चलचित्र पत्रकार संघ मकवानपुरले बिशेष च्यारेटी सो गर्ने
मकवानपुर १७ चैत । चलचित्र ‘भोर’लाई चलचित्र पत्रकार संघ मकवानपुरले बिशेष च्यारेटी शो गर्ने भएको छ । सय बर्ष पुरानो सति प्रथाको ऐतिहासिक कथामा आधारित चलचित्र ‘झोला’ बनाएर चौतर्फी तारिफ र प्रशंसा बटुलेको त्यही समुहले दोस्रो प्रस्तुतीका रुपमा भोर निर्माण गरेको हो ।
यादवकुमार भट्टराई निर्देशितचलचित्रलाई संघले चैत्र २९ गते बिहान ८ बजे ओम्याक्स हल हेटौडामा बिशेष च्यारेटी शो गर्न लागेको हो । चलचित्र भोरका कलाकार सहित आयोजना गर्न लागेको च्यारेटी शो बाट उठेको रकमले चलचित्र पत्रकार संघ मकवानपुरको जेष्ठ ७ गते आयोजना हुने पत्रकार सम्मानलागी खर्चने संघका अध्यक्ष मणिराज गौतमले बताए ।
संघले मकवानपुरमा बिभिन्न चलचित्र सम्बन्धी गत्तिबिधिहरु आयोजना गर्दै आएको छ । चलचित्र भोरले दाईजो मानब हिंसा हो भनी सचेतना फैलाउने कथा उठाएको छ त्यसकारण समाजमा चेतना फैलाउन निर्माण गरीएको चलचित्रलाई च्यारेटी गर्न लागेको अध्यक्ष गौतमले बताए । सम्पुर्ण छायाँकन जनकपुरमा गरिएको चलचित्रमा मुख्यतः मिथिलाञ्चलको प्रमुख ब्यथा दाइजोलाई बोल्छ । गत बर्षको छठ पर्वदेखि यो बर्षको छठसम्म लगाएर एक बर्षको लामो समय लगाएर भोर खिचिएको हो ।
आधुनिक युग बोल्दै गर्दा पनि आहिलेको समयमा सम्म दाइजोको कारण लिङ्ग पहिचान गरेर छोरीको भ्रुणमै हत्या हुने, जति पढायो उति नै बढि दाईजो दिनुपर्ने भएका कारण नारीहरु शिक्षाबाट बन्चित भईरहेका जस्ता यथार्थ तथ्य सर्वविदितै रहेको भन्दै दाइजोलाई मानव हिंसाको संज्ञा दिएका निर्देशक भट्टराईले यसलाई समाजबाट निर्मुल पार्ने महाअभियानको रुपमा ‘भोर’लाई निर्माण गरेको बताएका छन् । चलचित्रलाई राज तिमलसेना,रामगोपाल थापा,देवेन्द्र सुवेदी मिलेर निर्माण गरेका हुन् ।
चलचित्रमा रामनारायण ठाकुर, डली सरकार, प्रमेश झा, अनितारानी चौधरी, विष्णुकान्त झा, राजेश सक्सेना, बिएन पटेल, पुजा कर्ण लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रको कथा कृष्ण धारावसीले लेखेका हुन् भने पटकथा निर्देशक भट्टराईको नै रहेको छ ।
