आयल निगम र खाद्य संस्थानका ४५० बढी तोक आदेशमा जागीर खाएका कर्मचारी हटाउन मन्त्री मात्रिका यादवको कडा निर्देशन
काठमाडौँ । आपूर्तिमन्त्री मात्रिका यादवले मातहतका विभागमा तोक आदेशमा भर्ना भई जागीर खाँदै आएका ४ सय ५० भन्दा बढी कर्मचारीलाई तत्काल हटाउन कडा निर्देशन दिएका छन् ।
खास गरी आयल निगम र खाद्य सस्थानमा माथिल्ला तहका हाकिम तथा पहुँचवालाको आदेशमा विज्ञापनबिनै यतिधेरै संख्यामा कर्मचारी भर्ना गरिएको थियो । ती सबै कर्मचारीलाई हटाउन यादवले निर्देशन दिएका हुन् । तोक आदेशमा खाद्यसस्थानमा २ सय ३३ जना र आयल निगममा २ सय १५ कर्मचारीलाई भर्ती गरिएको थियो । यि सबै कर्मचारीलाई तत्काल हटाउन मन्त्रीले निर्देशन दिएको र हटाउने प्रकृया सुरु भइरहेको छ ।
