३ नम्वर प्रदेशकोे बैठक ४ बजे हुने, राजधानीको बिषयमा कुनै एजेण्डा छैन
मकवानपुर १६ चैत । ३ नम्वर प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ । आजको प्रदेशसभाको बैठकमा प्रदेशका केहि सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक र आर्थिक कार्यविधि नियमित र व्यवस्थीत गर्न बनेको विद्येयको र पारीत गर्ने एजेण्डा रहेको स्रोतले जानकारी दिएको छ ।
तर आज प्रदेशको राजधानीको बिषयमा कुनै एजेण्डा नभएको समेत स्रोतको भनाई छ ।
