लायन्स क्लबमा सुन्दर क्षेष्ठको नेतृत्व
मकवानपुर १५ चैत । लायन्स क्लब अफ नारायणी मल वर्ष २०१८/१९ को अध्यक्षमा डा.सुन्दरकुमार श्रेष्ठ चयन भएका छन् । बुधबार भएको भेलाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।
एक वर्षे कार्यकाल रहने क्लबको प्रथम उपाध्यक्षमा अञ्नन दाहाल, द्वितीय उपाध्यक्षमा मिलन थापा मगर, सचिवमा रविरमन अधिकारी र कोषाध्यक्षमा सन्तोष पराजुली चयन भएका छन् । संस्थाका अन्य कार्यसमितिको चयन पहिलो बैठकले चयन गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा लायन्स क्लब अफ मकवानपुरका संस्थापक अध्यक्ष एवम् डिष्ट्रिक एड्भाइजर शम्भु नकर्मीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा लायन्स क्लब अफ नारायणी मलका अध्यक्ष प्रल्हाद मिश्रको अध्यक्षतामा कार्यक्रम भएको हो ।
