विप्लव नेताको घरमा पक्राउ पुर्जी टाँस्न गएका कर्मचारीलाई गाउँलेले लखेटे

तु खबर संवाददाता
२०७४ चैत्र १५, बिहीबार १८:०८
file-photo

काठमाडौँ, १५ चैत । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को घरमा वारेन्ट टाँस्न गएका सरकारी कर्मचारीहरू लखेटिएका छन् ।

प्रकाण्डको नाममा पक्राउ पुर्जी लिएर कालिकोटको माल्कोटस्थित उनको घरमा पुगेका सरकारी कर्मचारीहरुलाई गाउँलेहरूले लखेटेका हुन् । बिहिबार दिउसो सरकारी कर्मचारीसहितको टोली माल्कोट पुगेको थियो ।

स्थानीय चुनावमा निर्वाचन टोली लखेटेका माल्कोटबासीले नेकपा नेता प्रकाण्डको घरमा पक्राउ पुर्जी टाँस्न उनीहरु पुगेको सूचना पाएपछि जम्मा भएका थिए । उनीहरुको सरकारी कर्मचारीहरुलाई प्रवक्ता प्रकाण्डको घरमा पुर्जी टाँस्न नदिएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*