विप्लवको वारेन्टपछि प्रधानमन्त्री ओलीको चेतावनी

तु खबर संवाददाता
२०७४ चैत्र १५, बिहीबार १५:००

काठमाडौं, १५ चैत । नेत्रविक्रम विप्लव चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना गतिविधिलाई तिब्रता दिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले आफ्नो स्वार्थ, अहम र जिद्धिका लागि बनाएको सिद्धान्त र तीनका क्रियाकलाप सरकारलाई स्वीकार्य नभएको बताएका छन् ।

जैन धर्मका प्रर्वतक भगवान महाविरको २६ सय १७ औ जन्मदिवसको अवसरमा बिहिबार राजधानीको जैन भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा वारेन्ट पत्र टाँसेको भोलिपल्टै उनले उक्त प्रतिक्रिया दिएका हुन् । कार्यक्रममा बोल्दै मुलुकको शान्ति र अमन चयन भड्काउने क्रियाकलाप वर्तमान सरकारका लागि स्वीकार्य नहुने उनले चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले शान्ति तर्फको एउटा पाईला अन्र्तगत महाविर जैनको जन्मदिनमा काटमार नगर्ने विषयलाई सरकारले प्राथमिकताका साथ अघि लैजाने विश्वास दिलाए । समाजलाई भड्काएर, उचालेर, कुबाटोमा धकेल्ने तत्व हावी हुँदै जाँदा समाजमा अशान्ति छाउने भन्दै उनले शान्ति, सद्भाव र मित्रताको सिद्धान्तलाई निरन्तरता दिन पनि आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*