संघीय संसदमा राष्ट्रपति भण्डारीले आज सम्बोधन गर्ने
काठमाडौँ, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसदको संयुक्त पहिलो ऐतिहासिक बैठकलाई सम्बोधन गर्ने भएकी छिन् ।
मन्त्रिपरिषदको यही चैत १२ गतेको बैठकले पहिलो सम्बोधनका लागि राष्ट्रपति भण्डारीलाई गरेको आग्रहअनुसार सोको तयारीमा नेपाल सरकार, संघीय संसद सचिवालय र राष्ट्रपतिको कार्यालय जुटेको बताइएको छ ।
आज अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट पहिलो सम्बोधन हुने कार्यक्रमका छ । निर्वाचनपछि संसद सचिवालयले प्रतिनिधिसभाको बैठक कक्षमा दुवै सदनको संयुक्त बैठक हुँदा अट्न सक्ने गरी कुसी व्यवस्थापन गरेको थियो । प्रतिनिधिसभामा २७५ र राष्ट्रिसभामा ५९ सदस्य छन् ।
