दक्षिणकालीमा बस दुर्घटना २ को मृत्यु, २ दर्जन घाईते

तु खबर संवाददाता
२०७४ चैत्र १५, बिहीबार १२:२१

काठमाडौँ, १५ चैत । काठमाडौँको दक्षिणकालीमा बिहीबार बिहान यात्रुबहाक बस दुर्घटना हुँदा २ जनाको ज्यान जानुका साथै दर्जनौँ घाइते भएका छन् । प्रहरीले अहिलेसम्म २ जनाको ज्यान गएको र २९ भन्दा बढी घाईते भएको जानकारी दिएको छ । तर मृत्यू हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
घाईते अधिकाँश यात्रुहरुको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ ।

दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको बा १ ख ९९९९ नम्बरको बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय फर्पिङले जनाएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा दक्षिणकाली नगरपालिका ५ का ४२ बर्षिया मन्जु बस्नेत र वडा नम्बर ३ का २५ बर्षीय सुनिल श्रेष्ठ रहेको छन् । घाइतेहरुमध्ये १४ जनाको मनमोहन अस्पताल फर्पिङमा र अरु घाइते यात्रुहरुको काठमाडौँको बल्खुमा रहेको बयोधा अस्पताल र अन्य अस्पतालमा उपचारका लागि पठाईएको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*