मकवानपुरमा ससुराको हत्यामा संलग्न बुहारी सहित २ जना पक्राउ

तु खबर संवाददाता
२०७४ चैत्र १४, बुधबार १८:१८

मकवानपुर, १४ चैत । मकवानपुरको बकैया गाउँपालिकामा एक ५६ वर्षीय वृद्धलाई उनकै बुहारी र नातिनीले धारिलो हतियार प्रयोग गरि हत्या गरेको खुलेको छ ।

चैत १२ गते राति बकैया७ हर्दामा बस्ने वर्ष ५६ को सुर्य बहादुर स्याङतानलाई उनकै बुहारी ५६ वर्षीया ठुलीमाया स्याङ्तान र नातिनी १४ वर्षीया मनिता स्याङ्तानले घरायशी विवादका क्रममा धारिलो हतियार प्रहार गरि हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगी लाश जाँच मुचुल्का तयार पार्दा बुहारी र नातिनीले चक्कु प्रहार गरेको भेटिएको प्रहरीले जनाएको छ । चैत १२ गते नै उनीहरुलाई पक्राउ गरी मकवानपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी ठुलीमाया स्याङतानको श्रीमान बिगत ३ वर्ष देखि बैदेशिक रोजगारको सिलसिलामा मलेसियामा रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*