नयाँ शक्ति पार्टी मकवानपुरमा नयाँ ढङ्गले परिचालन हुन्छ : बिजय

कार्यविभाजनबाट कस्ले कुन क्षेत्रमा काम गर्ने ?
तु खबर संवाददाता
२०७४ चैत्र १४, बुधबार १८:०३

मकवानपुर १४ चैत । नयाँ शक्ति पार्टी नेपाल ३ नम्वर प्रदेशका संयोजक सोनाम सिं स्याङतान बिजयले मकवानपुरमा नयाँ शक्ति पाटी अब नयाँ ढङगबाट परिचालन हुने बताएका छन् । आज भएको नयाँ शक्ति पार्टी मकवानपुरको कार्यविभाजन बैठकका प्रखुख अतिथि समेत रहेका स्याङतानले हाल जिल्लामा पार्टी केहि अस्तव्यस्त भएको भन्दै अब यसको सुधार र समाजप्रति उत्तरदायि बन्ने बताए ।

साथै बैठकले आज कार्यविभाजन गरी विभिन्न क्षेत्रमामा संयोजक समेत रहने व्यवस्था गरेको छ । बैठकले डिवी थापा र इजहार आलमलाई प्रदेश संरक्षण परिषद सदस्यमा चयन गरेको छ । साथै प्रदेश कार्यकारी सदस्यमा राजेन्द्र सिम्खडा र तुफान विक्रम क्षेत्रिलाई चयन गरेको छ ।

साथै जिल्ला संयोजक जिवनमान मोक्ताननै रहने गरी कार्यालय व्यवस्थापन तथा अनुगमन मुल्याङकन विभागमा राजेन्द्र सिम्खडालाई जिम्मेवारी दिइएको छ ।

स्थानिय तहको हकमा भने हेटौंडा उपमहानगरपालिका संयोजकमा राजकुमार भेटवाल ,मनहरी गांउपालिका संयोजकमा निखिल पौडेल ,राक्सीराङ गाउंपालिका प्रमुखमा उर्गेन लामा , कैलाश गांउपालिका संयोजकमा रामचन्द्र थिंङ अविरल,बकैया गांउपालिका संयोजकमा नमराज चौलागाइलाई चयन गरीएको पार्टीका संचार विभाग प्रमुख धुर्वराज ढकालले जानकारी दिएका छन् ।

ढकालका अनुसार प्रशिक्षण विभागमा प्रकाश थोकर ,जन परिचालन विभागमा तुफान विक्रम क्षेत्री ,श्रोत परिचालन तथा व्यवस्थापन विभागमा इजहार आलम लाई जिम्मेवारी दिईएको छ ।

साथै आङगिक संगठनहरुमामा महिलातर्फ सुर्यकला तिमल्सीना, युवातर्फ फ्याक्सन ईन्चार्ज हरीहर खतिवडा तथा संयोजक सुदिप कार्की, विध्यार्थीतर्फ फ्याक्सन ईन्चार्ज शिव भट्टराई तथा संयोजक धनकुमार लामा ,मजदुरतर्फ फ्याक्सन ईन्चार्ज ढलक केसी तथा संयोजकनरेश महर्जन,किसानतर्फ गोविन्द पुडासैनी,साँस्कृतीकतर्फ राजकुमार रौनियार दलित तथा अल्पसंङख्यकतर्फ लिलाराज सुनार स्वास्थ्यतर्फ अजय राई,र कानुन व्यवसायीतर्फ जयराम सुवेदीलाई जिम्मेवारी दिईएको ढकालले जानकारी दिएका छन् ।

पार्टीका जिल्ला संयोजक जिवनमान मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टीका अन्य प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*