प्रथम कोल्हवी गोल्डकप २०७४ को सम्पूर्ण तयारी पुरा
-अनिल प्रित
बारा, १४ चैत । बाराको कोल्हवी नगरपालिकामा चैत १५ गते देखि सुरु हुन लागेको प्रथम कोल्हवी गोल्डकप २०७४ को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । प्रथम कोल्हवी गोल्डकपमा प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य उमाकान्त चैधरी ,विशिष्ठ अतिथीहरुमा प्रदेश सभा सदस्य त्रिलोकी प्रसाद चौधरी , कोल्हवी नगर प्रमुख भरत बहादुर भण्डारी रहने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा एस.सी महोत्तरी, ए.पि.एफ. पिलुवा, निजगढ युवा क्लब बारा, जनशक्ति क्लब कोल्हवी, हर्दि युवा समाज भण्डारा चितवन, भेटवाल एफ.सी. क्लब हेटौँडा, लाहान ११ सिराहा, नव जनजागृति क्लब सिमरा, बिरगंज युथ एकेडेमी बिरगञ्ज र बारा ११ गरि विभिन्न जिल्लाका १० टिमहरु सहभागी रहेका छन ।
प्रतियोगितामो फाईनल खेल २४ गते शनिबार हुनेछ भने रेष्टका दिन २३ गते महिला टिमको मैत्रिपुर्ण खेलमा बिरगंज एकेडेमी महिला टिम र चन्द्रपुर महिला टिम भिड्ने छन् ।
प्रतियोगिताको विजेताले नगद रु. १ लाख ५० हजारसहित शिल्ड ,मेडल र प्रमाणपत्र र उपविजेताले नगद रु. ७५ हजार शिल्ड ,मेडल र प्रमाणपत्र पाउने छन् । भोलि हुने पहिलो खेलमा ए.फ.सी महोत्तरी र ए.पि.एफ पिलुवा बिच हुने प्रतियोगिताका संयोजक त्रियोगी प्रसाद राउत थारुले बताए ।
