माओवादी केन्द्रले प्रदेशसभा सदस्यहरुलाई सम्मान गर्ने

तु खबर संवाददाता
२०७४ चैत्र १३, मंगलवार १९:१९

मकवानपुर, १३ चैत । नेकपा माओवादी केन्द्र हेटौडा उपमहानगरपालिकाले भोलि बुधबार ३ नम्बर प्रदेशभरका मन्त्री तथा प्रदेश सदस्यहरुलाई एकैठाउँमा भेला गरेर सम्मान गर्ने भएको छ ।

पार्टीका केन्द्रीय कार्यालय सदस्य हरिबोल गजुरेलको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा ३ नम्बर प्रदेशका संसदीय दलका नेता तथा गृहमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, उपसभामुख राधिका तामाङ, संसदीय दलका उपनेता कुमारी मोक्तान, प्रदेश सभा सदस्यहरु प्रेम बहादुर पुलामी, ओम घलान लगायतका ३ नम्बर प्रदेशभरिका २३ जना माओवादी केन्द्रबाट प्रदेश सदस्य बनेकालाई सम्मान गरिने पार्टीका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले जानकारी दिए ।

कार्यक्रम पश्चात उपमहानगरपालिका भित्रका अगुवा कार्यकर्ताबिच प्रशिक्षण कार्यक्रम पनि हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*