सामान्य निहुँमा ६ वर्षीया बालिकालाई गोबर खुवाइयो
बाँके, १३ चैत । बाँकेको कोहलपुर एक बालिकालाई सामान्य गल्तीमा गोबर खुवाइएको छ । कोहलपुर नगरपालिका–३ मदनचोककी ५० वर्षीया गीता परियारले पानी तान्ने मोटर बिगारेको भन्दै एक बालिकाको मुखमा गोबर कोच्याई दिएकी हुन् ।
त्यहाँस्थित मदनचोकमा साथीसँगै खेलिरहेकी ६ वर्षीया बालिकालाई गोबर (भैसीको दिसा) खुवाइएको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरले बालिकालाई गोबर कोच्याएको अभियोगमा परियारलाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको जनाएको छ ।
