जागिर लगाइदिन्छु भन्दै ठमेलमा देह व्यापारमा लगाउने पक्राउ

तु खबर संवाददाता
२०७४ चैत्र १३, मंगलवार १२:२२

काठमाडौं, १३ चैत । जागिर लगाइदिन्छु भन्दै युवतीलाई फकाएर काठमाडौँको ठमेलमा देहव्यापार गर्न बाध्य पार्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको खैरमारा स्थायी घर भई चावहिलमा बसोबास गर्दै आएका ५० वर्षीय भक्तबहादुर बुर्जामगरलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले काठमाडौंको ठमेल आसपास केशर महल र संचय कोष क्षेत्रलाई बेस बनाइ महिलाहरुलाई देह व्यापारमा लगाउने गरेको प्रहरीले जनाएको छ । महिलाहरुलाई जागिर लगाइदिन्छु भन्दै प्रलोभनमा पारी जबरजस्ती यौन धन्दामा लगाउँदै आएका उनलाई मानव बेचविखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट १५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

उनले महिलाहरुलाई ललाइ फकाइ राजधानीका विभिन्न होटेलहरुमा आफैंले पुराउने र विशेष गरी होटेलमा बसेका विदेशी पर्यटकलाई महिला लगिदिने गरेका थिए । उनले त्यसवापत कमिशन खाने गरेको समेत खुलेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*