गाई काण्डमा बिनाकारण नाम जोडेको भन्दै उपसभामुख तामाङद्वारा विज्ञप्ति जारी
मकवानपुर, १३ चैत । प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले केही दिनअघि नेपाल तामाङ घेदुङले मकवानपुरको पदमपोखरीमा भएको गाई काण्डका बारेमा गृहमन्त्रीसमक्ष ध्यानाकर्षण गराएको सन्दर्भमा आफ्नो नाम जोडेर गरिएको गलत प्रचारबाजी प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रेस विज्ञप्ति जारी गरेकी छिन् ।
उनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गाई काण्डका बारेमा नेपाल तामाङ घेदुङको माग पत्रमा स्पष्ट रुपमा लेखिएको कुरालाई समेत बङ्ग्याएर केही अनलाइन मिडियाले नियोजित रुपमै पत्रकारिताको सामान्य मूल्यलाई समेत ख्याल नगरी तथ्यलाई बंग्याएर आफु विरुद्ध प्रचार गरेको विज्ञप्तिमा उल्लेख गरेकी छिन् ।

गाईकाण्डका बारेमा उपसभामुख राधिका तामाङको विज्ञप्ति
विज्ञप्तिमा अघि लेखिएको छ–‘घेदुङले गृहमन्त्री समक्ष राखेका विषयवस्तु ध्यानाकर्षण पत्रमा स्पष्ट रुपमा उल्लेख गरिएको छ र सन्दर्भवश म त्यस टोलीमा सहभागि भएको हो । तर, केही अनलाईन मिडियाले नियोजित रुपमा मसँग केही नबुझी, पत्रकारिताको सामान्य मूल्यलाई पनि ख्याल नगरी तथ्यलाई बंग्याएर जसरी प्रचार गरियो, यो सरासर झुठ र निन्दनीय छ । त्यही गलत समाचारको पछि लागेर सामाजिक सञ्जालमा आवेश पोख्ने र अमर्यादित गतिविधि समेत हुनु झनै दुःखद छ ।’
उनले मकवानपुरको घटनामा व्यक्तिगत रिसिइबीका कारण लडेर मरेको गाईलाई मारेको आरोप लगाई सोझो गाउँलेसँग पैसा असुल्ने र नाजायज दुःख दिने विचौलियाबाट पीडितहरु न्याय माग्दै भौतारिरहेको सन्दर्भमा यस्ता विषयलाई सम्बन्धित निकायसम्म पुर्याई न्याय प्रदान गर्नु सवैकोे जिम्मेवारी रहेको र सोही क्रममा आफुले आफ्नो कर्तव्य निर्वाह गरेको विज्ञप्तिमा उल्लेख गरेकी छिन् ।

गृहमन्त्री समक्ष पेश गरिएको माग पत्र
