घाँटी रेटेर एक जनाको हत्या, शंकाको घेरामा परिवार

तु खबर संवाददाता
२०७४ चैत्र १३, मंगलवार ११:०७

मकवानपुर, १३ चैत । मकवानपुरको बकैया गाउँपालिकामा एक पुरुषको घाँटी रेटेर हत्या भएको छ । बकैया गाउँपालिका वडा नम्बर ७ मा सोमबार एक जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दिलीपराज झाले पुष्टि गरेका छन् । घटनामा बकैया ७ निवासी सुर्य बहादुर स्याङ्तानको आफ्नै घरमा हत्या गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

हत्याको बारेमा अनुसन्धानका लागि २ मृतकका बुहारी र नातिनीलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको डिएसपी झाले बताए । घटनास्थलमा प्रहरी निरीक्षक सहितको टोली पठाईएको र घटनाको थप अनुसन्धान भईरहेको डिएसपि झाले बताए । मृतक सुर्यबहादुरकी बुहारी ठुलीमाया स्याङ्तान र नातिनी मनिता स्याङ्तानलाई नियन्त्रणमा लिइएको भए पनि हत्याको कारण खुलेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*