धारिलो हतियार प्रहारबाट भारतमा नेपालीको मृत्यु

तु खबर संवाददाता
२०७४ चैत्र १२, सोमबार १८:११

मोरङ, १२ चैत । सीमावर्ती बजार भारतको जोगबनी–१० मा भएको झगडामा धारिलो हतियार प्रहारबाट इटहरी–१० का किसनकुमार सुनुवारको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय रानीका अनुसार जोगबनी–१० मा झगडा हुँदा धारिलो हतियार प्रहारबाट घाइते भएका सुनुवार भाग्दै आएर दश गज्जा क्षेत्रमा बेहोस भएका थिए । सुनुवारलाई तत्काल उपचारका लागि कोशी अञ्चल अस्पताल पुर्याएपछि उपचारको क्रममा मृत्यु भएको उनले बताए । सुनुवारको खुट्टामा धारिलो हतियार प्रहार गरी घाइते बनाइएको थियो ।

प्रहरीले लागुऔषधकै विवादमा झड्प भएको हुन सक्ने अनुमान गरेको छ । छानबिन भइरहेको छ त्यसपछि थप कारणहरु खुल्ने उनको भनाई थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*