आगलागीबाट लाखौँको क्षति

तु खबर संवाददाता
२०७४ चैत्र १२, सोमबार १६:५८
तस्बिर–गुगल

काठमाडौँ, १२ चैत । मुलुकका विभिन्न स्थानहरुमा भएको आगलागीमा परि करिब ३८ लाख बराबरको क्षति भएको छ ।

काठमाडौँको काठमाडौँ महानगरपालिका–१६ ठमेलमा नुवाकोट बेलकोटगढी नगरपालिका–१३ घर भएका सिताराम पौडेलले संचालन गरेको हेण्डि ग्राफ उलन पसलमा शनिबार बिद्युत सर्ट भई आगलागी हुदाँ करीव २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

पर्साको बिरगंज महानगरपालिका–२८ ईनर्वा बस्ने सिताराम राउत कुर्मीको फुसको घरमा शनिबार आगलागी हुदाँ करीव २ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर बस्ने कुल बहादुर मगरको गाई गोठमा शनिबार आगलागी हुदा करीव २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । सोही आगोले निजको भाई राम बहादुर मगरको गाईको गोठ, काठले बनेको २ तले घर, १ तोला सुनको गहना तथा अन्नपात समेत जलेर करीव २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

कञ्चनपुरको पुनरबास नगरपालिका–८ क गाँऊ बस्ने पदम थापाको घरमा शनिबार आगलागी हुदाँ भारतीय रुपैयाँ २० हजार सहित करीव ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

दाङको तुल्सीपुर उपमहानगरपालिका–४ हात्तिलोटे बस्ने भिम बहादुर खत्रीको दुईतले खरले छाएको घरमा शनिबार बिद्युत सर्ट भई आगलागी हुदाँ करीव ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*