५ वर्षीया बालिकासहित ५ जनाको शव फेला

तु खबर संवाददाता
२०७४ चैत्र १२, सोमबार १६:५४
सांकेतिक तस्वीर

काठमाडौँ, १२ चैत । मुलुकका विभिन्न स्थानहरुमा एक ५ वर्षीय बालिका सहित ५ जनाको शव फेला परेको छ ।

.नवलपरासीमा गैंडाकोट नगरपालिका–६ बोटेटोल स्थित नारायणी नदी किनारमा शनिबार नाम,थर,वतन नखुलेको अंदाजी ५५ बर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नवलपरासी कावासोति नगरपालिका–८ कालिगण्डकी सामुदायिक अस्पताल नजिक रहेको खाली जग्गामा शनिबार सोही ठाउँ बस्ने ४५ बर्षीय खोमराज दाहाल मृत अवस्थामा फेला परेका छन् ।

काभ्रेको खानीखोला गाउँपालिका–३ बांगे बस्ने ७६ बर्षीय टंक बहादुर थिङ शनिबार आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । कास्कीको पोखरा लेखनाथ महानगरपालिका–८ न्युरोड स्थित सिमेन्टको बोराले छोपिएको अवस्थामा शनिबार राती अंदाजी ५ बर्षीया बालिका मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*