नर्भिक अस्पतालमा छापा मारियो
काठमाडौं, १२ चैत्र । राजधानी काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालमा आपूति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले छापा मारेको छ । विभागको नेतृत्वमा सम्बन्धित सरकारी एजेन्सीसहितले सो अस्पतालमा छापा मारेको हो ।
सो अस्पतालमा केही दिन पहिले बायाँ खुट्टाको अप्रेशन गर्नुपर्नेमा दायाँ खुट्टाको अप्रेशन गरिएको थियो । सो काण्डपछि चौधरी ग्रुपको लगानी रहेको नर्भिक अस्पताल विवादमा पर्दै आएको छ ।
