अबदेखि समन्वय समितिका संयोजकले कुटनीतिक र गाउँपालिका अध्यक्षले विशेष राहदानी पाउने
मकवानपुर । अबदेखि जिल्ला समन्वय समितिका संयोजकले पनि कुटनीतिक राहदानी पाउने भएका छन् । आज बसेको मन्त्री परिषदको बैठकले समन्वय समितिका संयोजकलाई कुटनीतिक राहदानी दिने निर्णय गरेको हो । त्यसैगरी, गाउँपालिका अध्यक्षले विशेष राहदानी पाउने भएका छन् ।
यसअघि जिल्ला विकास समितिका सभापतिलाई कुटनीतिक राहदानी जारी हुँदैन थियो ।
सरकारले संघीय संरचना अनुसार कुटनीतिक राहदानीको निर्णय गरेको हो । आज बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । अबदेखि घरबहालमा समेत दोहोरो करको अन्त्य गर्ने निर्णय गरेको छ ।
