जब वडा अध्यक्षहरु आफै डोजर लिएर बजार निस्किए, जनकपुरमा ३ वर्षको प्रयासपछि भत्काइयो घर

तु खबर संवाददाता
२०७४ चैत्र १२, सोमबार १२:१६
फाइल फोटो

जनकपुर / प्रदेश नम्बर २ को राजधानी जनकपुरका सडक फराकिलो पार्ने अभियान सुरु भएको छ । ३ वर्षअघिदेखि यहाँको सडक चौडा बनाउने अभियान अहिले आएर सार्थक हुन लागेको हो ।

प्रदेश राजधानी तोकिएपछि सडक फराकिलो पार्ने अभियान सुरु गरिएको हो । सडक व्यवस्थापन गर्न दुबै तर्फका घरटहरा भत्काउन सुरु गरिएको छ । एकीकृत सहरी विकास आयोजना अन्तर्गत जनकपुर उपमहानगरपालिकाभित्र १० किलोमिटर सडक निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ । यो संगसंगै स्थायी प्रकृतिको नाला पनि निर्माण गरिएको भएको छ ।

आयोजना प्रमुख गंगा यादवका अनुसार, जनक चोकदेखि भानुचोकसम्मको सडक ५२ फिट चौडा बनाइनेछ । अहिले २९ फिटमात्र रहेको सो सडक फराकिलो पारिएपछि सवारी आवागमनमा सहजता आउने विश्वास गरिएको छ । शनिबार उपमहानगरपालिकाका वडा अध्यक्षहरु डोजरसहित बजार निस्किएपछि घरधनीहरुले आफै घर भत्काउन थालेका हुन् ।
-फाइल फोटो : चन्द्रनिगाहपुरमा सडक फराकिलो पार्दै गरेको फोटो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*