भण्डारी दम्पत्तिको हत्या आरोपी सात बर्षपछि पक्राउ

तु खबर संवाददाता
२०७४ चैत्र ११, आईतवार १७:४४

बुटवल / ब्यापारमा संलग्न रमेश भण्डारी र आस्था भण्डारीको हत्याकाण्डका सुटर प्रहरीले खोजी सूची रेडकर्नरमा राखेरका एक व्यक्ति सात वर्षपछि पक्राउ परेका छन् । भण्डारी दम्पत्तिको हत्याकाण्डमा आरोपी बुटवल सालझण्डीका अर्जुन गौतम प्रक्राउ परेको प्रहरीले जनाएको छ ।

रुपन्देहीका एसपी श्याम ज्ञवालीका अनुसार, आरोपी गौतमलाई सुनौलीबाट पक्राउ गरिएको हो । गौतमको समूहले २०६७ साल असार ९ गते बुटवलको जेसिस चोकमा भण्डारी र उनको श्रीमतिमाथि गोली प्रहार गरेका थिए । भण्डारी दम्पत्तिसँग भएको नगद समेत लुटेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*