मन्त्रीकै निर्देशन मानेन वैदेशिक रोजगार विभागले
मकवानपुर । दरबन्दीभन्दा बढी रहेका कर्मचारीलाई हाजिर नगराउन र सरकारले खटाएको ठाउँमा पठाउन श्रममन्त्री गोकर्ण विष्टले दिएको निर्देशनलाई वैदेशिक रोजगार विभागका कर्मचारीले टेरपुच्छर लगाएका छैनन । यसका कारण मन्त्री बिष्ट क्रुद्ध छन् ।
विभागीय मन्त्रीको निर्देशनविपरित कर्मचारीलाई हाजिर गराएर काममा लगाइरहेका छन् । विभागका निमित्त प्रमुख प्रेमबहादुर पेसारले नियमित रुपमा कर्मचारीलाई हाजिर गराइरहेको बताएका छन् । मन्त्रीको निर्देशन विपरित हाजिर गराइरहेको सम्बन्धमा कसले कहाँ के भन्यो भन्ने आधारमा कर्मचारीको हाजिर रोक्न नमिल्ने प्रतिक्रिया दिएको आजको नयाँपत्रिका ले समाचार लेखेको छ ।
