काँग्रेस कैलाश गाउँपालिकाको भेला, काँग्रेसीजन निराश हुनुपर्ने अवस्था छैनः बानियाँ
हेटौंडा, ११ चैत नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश र संघमा अहिले पार्टी देशैभर हारेको भएपनि काँग्रेसीजन निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।
नेपाली काँग्रेस कैलाश गाउँपालिकास्तरीय क्रियाशिल तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बानियाँले काँग्रेसले संविधान जारी गरी तिनै तहको निर्वाचन गराउन सफल एवं काँग्रेसको पालामा भएको विकास निर्माणको कुरा आम जनतामा पु¥याउन सक्षम नहुनु पनि काँग्रेस हारको कारण भएको बताए ।
जताततै बाम गठबन्धनको जित भएपनि आफूलाई यस क्षेत्रको सबै मतदाताको अथक प्रयासबाट जित हात पार्न सफल भएको भन्दै सबै मतदातालाई धन्यवाद ज्ञापन गरे ।
नेता बानियाँले अवको ५ वर्ष काँग्रेसको गाउँपालिकास्तरीय पार्टी, भातृ तथा शुभेच्छुक संघसंगठनलाई चलायन बनाई सांगठानिक संरचना चुस्तदुरुस्त र मजबुत बनाउन सबै नेता कार्यकर्ता एक भएर लाग्नुपर्ने बताए ।
काँग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तानको सभाध्यक्षता एवं नेता बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिहरु पार्टी सचिव बुद्ध लामा, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्यहरु दीपेन्द्र मल्ल, मिरा स्याङतान, ज्ञानबहादुर डिमडुङ, रत्नबहादुर गोले, बलिन्द्र ब्लोन, काँग्रेसका पुराना नेता पशुपति रिजाल, पूर्व जिल्ला सदस्य लालबहादुर वाइबा, क्षेत्रीय कोषाध्यक्ष बेलबहादुर मुक्तान, सदस्यहरु कृष्णहरि कालाखेती, दुर्गाबहादुर स्याङतान, कैलाश गाउँपालिका २, ७ र १० का निर्वाचित वडा अध्यक्षहरु राजेन्द्र घिसिङ, उदास लामा, मानिकलाल मुक्तानलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
