लाखाैँ अमेरिकी जनता किन उत्रिए सडकमा ?

तु खबर संवाददाता
२०७४ चैत्र ११, आईतवार १४:२२

काठमाडाैं / बन्दुक नियन्त्रणको माग गर्दै अमेरिकामा विशाल प्रदर्शन भएको छ ।

‘मार्च फर आवर लाइभ्स’ नारासहित सबैभन्दा ठूलो प्रदर्शन राजधानी वाशिङ्टन डिसीमा भएको छ ।

राजधानी वाशिङ्टन डिसीमा पाँच लाख प्रदर्शनकारी सडकमा उत्रिएर बन्दुक नियन्त्रणको माग गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

यस्ता प्रदर्शन आठ सयभन्दा बढी स्थानमा भएको बीबीसीले लेखेको छ ।

प्रदर्शनको अगुवाइ विद्यार्थीहरुले गरेका छन् । उनीहरुलाई समाजका अन्य क्षेत्रका व्यक्तिहरुले पनि साथ दिएका छन् ।

प्रदर्शनमा सहभागीहरुले ‘प्रोटेक्ट किड्स नट गन’ अर्थात् ‘बच्चाको रक्षा गर, बन्दुकको होइन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । ‘बन्दुकभन्दा विद्यार्थी महत्वपूर्ण छन्’ लेखिएका प्लेकार्ड पनि धेरैले बोकेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*