कांग्रेस बैठकमा नरहरिले भने- ‘वामलाई काउन्टर पुगेन’

तु खबर संवाददाता
२०७४ चैत्र ११, आईतवार ०८:१३

काठमाडौँ । नेपाली काँग्रेसका नेता नरहरि आचार्यले निर्वाचनका बेला बामलाई काउन्टर दिने गरी रणनीति बनाउन नसकेको बताएका छन् । नेपाली काँग्रेसको चुनावी समीक्षा बैठकमा नेता आचार्यले लोकतान्त्रिक गठबन्धन भनेर एक्लै निर्वाचनमा गएकोले निर्वाचनमा पराजय भोग्नु परेको बताएका छन् ।

अब पुरानो ढर्राले पार्टी चल्न नसक्ने भन्दै नेता आचार्यले अब बदलिन ढिलो भैसकेको समेत बताएको आजको नयाँ पत्रिकामा समाचार छ । उनले यसपटक संसद्मा संख्यात्मक रूपले कम भएपनि सत्ता पक्षका कमीकमजोरीलाई केलाएर विकास र समृद्धिको सहयोगी बन्नुपर्ने धारणा राखेको समाचारमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*