५ कक्षा पढ्ने एक वालिकामाथि सामुहिक बलात्कार, पछि हत्या

तु खबर संवाददाता
२०७४ चैत्र १०, शनिबार २१:४२

आसाम । भारतको असाम राज्यको नौगाउँमा शुक्रबार ५ कक्षामा अध्ययनरत १२ वर्षकी एक वालिकामाथि सामुहिक बलात्कार भएको छ ।

बीबीसी हिन्दीमा लेखिएको समाचार अनुसार, बलात्कारपछि ती युवाहरुले मट्टितेल छर्किएर आलो लगाई जलाएका छन् । बटद्रोबा प्रहरी कार्यालय अन्तर्गत लालुंग गाउँमा यस्तो घटना भएको हो । प्रहरी अधिकारीका अनुसार, बच्चीको पूरै शरीर जलेर नष्ट भएको छ । आगोले जलेर मृत्यु हुनुपूर्व पिडितले आफ्नो किटानी बयान प्रहरीसमक्ष दिएको प्रहरी अधिकारीहरुको भनाई छ ।

प्रहरीले यो घटनामा संलग्न दुई अभियुक्तहरुलाई पक्राउ गरिसकेको छ ।
दुबै अभियुक्त नाबालिक रहेको पनि प्रहरीको भनाइ छ । प्रहरीले पक्राउ गरेको दुबै अभियुक्तहरुले आफ्नो अपराध स्वीकार गरेका छन् । घटनामा संलग्न भनिएका मूख्य अभियुक्त जाकिर हुसेनको खोजतलास भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*