नगरको मुटुमै रहेको शौचालयले खुला दिशामुक्त क्षेत्र मकवानपुरको नाकै काट्ने भो नि, मेयर साहेब – भिडियो समेत

हुप्रको सार्वजनिक शौचालयको यो दूर्गति
तु खबर संवाददाता
२०७४ चैत्र १०, शनिबार १५:३५
Featured Video Play Icon

मकवानपुर १० चैत । हेटौंडा उपमहानगरपालिकामा वडा नम्बर ४ मा रहेको हुप्रचौरमा सबेरैदेखि मानिसहरु मार्निङवाक गर्छन् । खेलाडीहरु नियमित खेल खेल्छन् । युवादेखि वृद्धवृद्धासम्मको टहलिने, यसो हावा खाने खुला मैदान हुप्रचौरको शौचालय देख्दा उदेक लाग्छ । हुप्रचौरको शौचालयको यो हरिबिजोग हुँदा पनि सरोकारवालाले यसलाई सुधार गर्न कुनै चासो देखाएका छैनन । शौचालय भित्र छिर्न सम्म नसकिने भएकोले बाहिरै शौच गर्ने गरेका छन् । हुप्रचौरभित्रै रहेको यो शौचालयको बाहिरै वाक्कै आउने गरी फोहोर देखिएको छ ।

शौचालयमा ढोका छैन । पानीको प्रबन्ध छैन र व्यवस्थित गर्ने तिर हेटौंडा उपमहानगरपालिका वा वडा कार्यालयको कुनै ध्यान समेत गएको छैन । मकवानपुर उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघको पहलमा निर्माण भएको यो शौचालय व्यवस्थापन गर्ने संयन्त्र भने छैन । यस विषयमा तु खबरले बारम्बार समाचार प्रकाशित गर्दै आइरहेको छ ।

सबेरै उठेर स्वास्थ्य बनाउन हुप्रचौरको दौडमा आउनेहरु संगैको यो शौचालयको विजोग देखेर वाक्क मान्छन् । यहि हुप्रभित्र थुप्रैपटक मेला महोत्सव पनि भयो । तर, यो शौचालयले काचुली फेर्न सकेन । नगरको मुटुमै रहेको शौचालयले खुला दिशामुक्त क्षेत्र मकवानपुरको नाकै काट्ने भो नि, मेयर साहेब ।
निकै मेहनतका साथ हुप्रचौर व्यवस्थित हुँदैछ । तर, छेवैको शौचालयले सबै मेहनत काम न काजको हो भन्ने बनाउँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*