चारा घोटालामा लालु यादवलाई सात बर्ष कैद फैसला
काठमाडौँ । चारा घोटाला आरोपमा लालु प्रसाद यादवलाई राँचीको सिबीआई कोर्टले ७ बर्षको सजाय सुनाएको छ । तर, अहिलेसम्म कोर्टको आदेशको कुनै कपी नआएको आजतकले लेखेको छ । यादवका अधिवक्ता प्रभात कुमारको भनाइलाई उदृत गर्दै आइपीसी र पीसीको धारा अनुसार सात सात बर्षको सजाय भएको आजतकको समाचारमा छ । यो दुबै मुद्धामा ३०/ ३० लाख जरिवाना तिराउने फैसला समेत भएको छ ।
बिहारका पूर्वमूख्यमन्त्रीसमेत रहेका यादवलाई सीबीआईका न्यायाधीश शिवपाल सिंहले ३ करोड ७९ लाखको अबैध निकासीको आरोपमा ७ बर्षको जेल सजाय र आर्थिक जरिबानाको फैसला गरेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । यही काण्डमा आरोपी रहेका अन्य १८ लाई पनि बिभिन्न सजाय सुनाइएको छ । यहि घोटालासँग जोडिएको अन्य तीन मुद्धामा भने यादवलाई यसअघि नै फैसला सुनाइएको थियो । यादवका अधिवक्ताले भने यो फैसलाका विरुद्ध माथिल्लो अदालतमा अपिल गरिने बताएको बीबीसीले लेखेको छ ।
पछिल्लो सालको मे महिनामा सुप्रिम कोर्टले सीबीआईको अपिललाई स्वीकार गर्दै यादवको विरुद्ध चारा घोटालासँग सम्बन्धीत अलग अलग विषयमाथि मुद्धा दायर गर्न आदेश दिएको थियो ।
