जिल्ला समन्वय समितिद्वारा नदिजन्य पदार्थ उत्खननमा रोक , के उल्लेख छ विज्ञप्तीमा ?

तु खबर संवाददाता
२०७४ चैत्र १०, शनिबार ०९:५३

मकवानपुर । जिल्ला समन्वय समिती मकवानपुरले नदिजन्य पर्दाथ अनाधिकृत रुपमा उत्खनन् गर्न दिएको भन्ने समाचार मकवानपुरका संचारमाध्यममा प्रकाशन भएको भन्दै हिजो सुक्रवार जिल्ला समन्वय समिती मकवानपुरले प्रेस विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा उल्लेख भएअनुसार अनुगमन र प्रतिवेदन प्राप्त नहुन्जेल हाल नदिजन्य पदार्थ उत्खनन्को कार्य हालको लागि स्थगन गरीएको छ ।

अनाधिकृत रुपमा उत्खनन् गर्नेहरुका कारण नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाईएको भन्दै सर्वसाधारणलाई दुख दिने मनसाय नभएको समेत विज्ञप्तीमा उल्लेख छ ।

तर विभिन्न आयोजना तथा भुकम्प पुर्ननिमार्ण एवं स्थानीय स्तरमा घर बनाई रहेकाको हकमा नदि जन्य पदार्थ(ढुङ्गा, गिट्टी, वालुवा) मा रोक नलागाईएको जानकारी दिएको छ । जिल्ला समन्वय अधिकारी एवं ढुङ्गा, गिट्टी, वालुवा जिल्ला अनुगमन समितीका सदस्य सचिव नारायण प्रसाद मैनालीले शुक्रवार विज्ञप्ती जारी गर्दै मकवानपुरमा संचालित विभिन्न आयोजना तथा भुकम्प पुर्ननिमार्ण लगायत विभिन्न विकास निमार्णका हकमा मौजदातबाट आपुर्ती भईरहेको उल्लेख गरिएको छ ।
हेर्नुहोस विज्ञप्ती

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*