उपेन्द्र यादवको बाटो हेर्दै प्रधानमन्त्री ओली

तु खबर संवाददाता
२०७४ चैत्र १०, शनिबार ०८:००

काठमाडौं / सरकार गठन भएको एक महिना बितिसक्दासमेत प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई पूर्णता दिन सकेका छैनन् । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

संघीय समाजवादी फोरमले पार्टीका तर्फबाट मन्त्रीको नाम नदिएपछि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

तेस्रो पटक सरकार विस्तार भएकै दिन फोरमलाई समेटेर प्रधानमन्त्री ओलीले सरकार विस्तारको तयारी गरे पनि फोरमले नाम पठाउन सकेन ।

प्रधानमन्त्री ओली र फोरम अध्यक्ष उपेन्द्र यादवबीच मन्त्रालय भागवण्डामा कुरा मिलेको दाबी गरिएको छ ।

समहतिअनुसार फोरमले दुई मन्त्री र एक राज्यमन्त्री पाउने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*