मुख्यमन्त्री पौडेल हेटौंडा अस्पताल पुग्दा …

तु खबर संवाददाता
२०७४ चैत्र ९, शुक्रबार १९:०४

मकवानपुर । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आज शुक्रबार हेटौंडा अस्पतालको निरीक्षण गरेका छन् । हेटौंडा अस्पताल दिनहुँ विग्रदो अवस्थामा रहेको जनगुनासो बढेका बेला मूख्यमन्त्री पौडेलले अस्पतालको निरीक्षण गरेका हुन् । त्यस अवसरमा उनले हेटौंडा अस्पतालको भौतिक तथा अन्य प्राविधिक विकासमा सक्दो काम गर्ने प्रतिवद्धता जनाएका छन् । अस्पतालमा पूर्वाधारका आधारमा बढीभन्दाबढी सेवा उपलब्ध गराउन उनले अस्पताललाई निर्देशनसमेत दिएका छन् ।
त्यस अवसरमा अस्पताल विकास समितिका अध्यक्ष रमेश गिरीले अस्पतालमा आवश्यक जनशक्तिको अभाव रहेको मूख्यमन्त्रीलाई जानकारी दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*