मकवानपुरका उमेशको चेन्नईमा रेलबाट झरेर मृत्यु
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका १ मकरीका उमेश खड्काको चेन्नईनजिकै एन्नोर भन्ने ठाउँमा दौडिरहेको रेलबाट झरेर मृत्यु भएको छ । बुधबार भारतको रक्सौलबाट मिथिला एक्सप्रेसमा चेन्नई तर्फ जाँदै गर्दा दौडिरहेको रेलबाट झरेर उमेशको मृत्यु भएको थियो । उमेशका ठूलोबुबाका छोरा गणेश खड्काले घटनाको पुष्टि गरेका छन् ।
मृतकको आजै भारतमै दाहासंकार गर्ने तयारी रहेको पनि उनले बताएका छन् । उनको क्षतिपूर्तिका लागि पनि आवश्यक काम भइरहेको बताइएको छ ।
