ताप्लेजुङमा भीषण अागलागी, क्षतिको विवरण आउन बाँकी
गर्मी चढ्दै गएसँगै अागलागीका समाचार अाउन थालेका छन् । ताप्लेजुङकाे फुङलिङ नगरपालिकाकाे एक हाेटलमा अाज अागलागी भएकाे छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार फुङलिङ नगरपालिकाको हेलिप्याडमा रहेको ‘होटल इको भ्यू पोइन्ट’मा आगलागी भएकाे हाे ।
आगलागीका कारण होटलसँगै सञ्चालनमा रहेको रेष्टुरेन्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ । तर, क्षतिकाे पूर्ण विवरण अाउन बाँकी रहेकाे छ ।
अागलागी किन भयाे भन्नेबारे अहिलेसम्म कुनै कारण खुलेकाे छैन ।
