गाई काट्ने अभियोग लागेकालाई छोड्न ३ नम्बर प्रदेश उपसभामुख राधिका तामाङको दबाब गृहमन्त्रीले मानेनन्

तु खबर संवाददाता
२०७४ चैत्र ९, शुक्रबार ०८:५७

मकवानपुर । मकवानपुरका तामाङ समुदायका केही व्यक्ति गाई काटेर खाएको अभियोगमा थुनामा परेपछि उनीहरुलाई छुटाउन प्रदेश नं. ३ का उपसभामुख राधिका तामाङ गृहमन्त्री रामबहादुर थापा बादललाई दबाब दिने काठमाडौँ पुगेपछि मन्त्री थापाले उनीहरुलाई नेपालको प्रचलित कानून अनुसार छोड्न नसकिने जवाफ दिएका छन् ।
स्रोतका अनुसार, हाल नेपालमा प्रचलनमा रहेको कानून अनुसार, गाई काटेर खानुपनि ज्यान मुद्धासरह हुन्छ । कानूनी रुपमा पक्राउ परी अुनसन्धानमा रहेकाहरुलाई छोड्न नसकिने जवाफ गृहमन्त्री थापाले दिएको स्रोतको भनाई छ ।
गृहमन्त्रीले आवश्यक पहल गर्ने आश्वासन दिएको समाचारहरु बाहिर आइरहे पनि गृहमन्त्री थापाले कुनै किसिमको आश्वासन दिएका छैनन ।

गाई काटेर खाएको अभियोगमा मकवानपुर पदमपोखरीका कान्छीमाया ब्लोन, मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*