विदेशमा बस्ने नेपालीलाई पनि मतदान गर्न दिनू : सर्वोच्च अदालत
काठमाडौँ । सर्वोच्च अदालतले विदेशमा बस्ने नेपालीलाई मतदान गर्न सक्ने वातावरण बनाउन सरकारका नाममा आदेश जारी गरेको छ । अधिवक्ता प्रेमचन्द्र राईले २०७४ बैशाखमा दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।
विदेशमा बस्ने नेपालीले पनि मतदान गर्न पाउनु पर्ने भनी अधिवक्ता राईले दायर गरेको रिटमाथि सुनुवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो । न्यायाधीश पुरुषोतम भण्डारी र सपना मल्ल प्रधानको संयुक्त इजलासले सरकारको नाममा यस्तो आदेश दिएको हो । यसबारे कानून बनाई विदेशमा बस्ने नेपालीले पनि मतदान गर्ने व्यवस्था मिलाउन आदेशमा भनिएको छ ।
