मन्त्रीपरिषद्ले प्रधानमन्त्री सचिवालयको कर्मचारी कटौती गर्यो

तु खबर संवाददाता
२०७४ चैत्र ८, बिहीबार १७:१४
file-photo

काठमाण्डौ ८ चैत । मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्रीको सचिवालयका कर्मचारी कटौती गरेको छ । हिजो बुधबार बसेको बैठकले उक्त निणर्य गरेको हो । यसअधि प्रधानमन्त्रीले विभिन्न ४७ कर्मचारी राख्न पाउने व्यवस्था थियो भने हाल त्यसलाई कटौती गरेर २७ / २८ कायम गर्ने निर्णय भएको परिषद्ले जानकारी दिएको छ ।
साथै बैठकले प्रधानमन्त्री कार्यालय मातहत ५ वटा समिति राख्ने निर्णय भएको समेत परिषद्ले जानकारी दिएको छ । सामाजिक राजनितिक ,आर्थिक तथा पुर्वाधार ,प्रशासकिय र विधेयक समिति राख्ने निर्णय भएको समेत जानकारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*