प्रदेश ३ का मुख्य न्यायधिवक्ता उपाध्यायद्वारा सपथ ग्रहण

तु खबर संवाददाता
२०७४ चैत्र ८, बिहीबार १३:५६

हेटौँडा, मकवानपुर ८ चैत । प्रदेश नम्बर ३ का मुख्य न्यायधिवक्ता सूर्यचन्द्र उपाध्याय न्यौपानेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

आज प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा उनले देश र जनताका नाममा सपथ ग्रहण गरेका हुन् । उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुङ्गानाले उपाध्यायलाई सपथ ग्रहण गराएका हुन् ।

सपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोइराला, मूख्यमन्त्री डोरमणी पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, प्रदेशसभा सदस्य, मूख्य सचिव रेश्मीराज पाण्डे लगायतको सहभागिता रहेको थियो । मूख्यमन्त्री पौडेलको सिफारिसमा प्रदेश प्रमुख कोइरालाले न्यौपानेलाई मूख्य न्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।

नेपाल रेडक्रस सोसाइटी मकवानपुरका करिव डेढ दशकदेखि अध्यक्ष रहेका न्यौपाने वकालत पेशमा सक्रिय थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*