मकवानपुरमा आगलागी व्यवस्थापन अभ्यास
मकवानपुर ७ चैत । गर्मीयाम बढेसंगै डढेलो तथा आगलागीको जोखिमलाई मध्यनजरगरी मकवानपुरमा डढेलो व्यवस्थापनको लागि आज अभ्यास तालिम सम्मन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाको वडा नम्वर ६ र १५ मा रहेको चित्रेपानि सामुदायिक बन उपभोक्ता समुहमा आज बुधबार अभ्यास सम्मन्न भएको हो ।
ईलाका बन कार्यालयको आयोजनामा भएको कार्यक्रममा आगलागी व्यवस्थापनका लागि आगो बालेरनै व्यवस्थापन गर्न सिकाईएको थियो ।
वन व्यवस्थापन, कार्यक्रममा अग्निरेखा निर्माण र सदुपयोगबारे जानकारी गराईएको थियो । कार्यक्रममा ईलाका वन कार्यालयकी सहायक वन अधिकृत राधिका शर्मा, फरेष्टर यदुकुमार घिमिरे, वन रक्षक अमृता सिल्वाल, दिपेन्द्रकुमार राई, वन समूहका अध्यक्ष सूर्यबहादुर घलान, लेखा संयोजक भानुप्रताप विडारी, सचिव रजनी गौतम लगायतले सहजिकरण गरेका थिए ।
