हेटौंडामा २५ मिटर सडक विस्तार हुनैपर्छ र हुन्छ पनि : रामनारायण विडारी

तु खबर संवाददाता
२०७४ चैत्र ७, बुधबार २०:१८

मकवानपुर ७ चैत । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले हेटौंडामा २५ मिटर सडक विस्तार हुनैपर्ने धारणा व्यक्त गरेका छन् । आज मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको एक कार्यक्रममा बोल्दै उनले २५ मिटर सडक विस्तार नहुदाँ विभिन्न किसिमका ट्राफिक व्यवस्थापनका समस्या देखिने बताए ।

उनले २५ मिटर सडक विस्तार गर्नुपर्ने तर २५ मिटर भित्रका घरधनिहरु र व्यवसायीहरुको लागिपनि राज्ले केहि सोचविचार भने पक्कै गर्नुपर्ने बताए । मुआव्जा दिएर मात्र सडक विस्तारका काम अधि सार्नुपर्ने उनको धारणा थियो ।

हाल हेटौंडा बजारमा देखिएको सवारी जाम , सवारी पार्किङमा देखिएको समस्या तथा सम्पूर्ण ट्राफिक व्यवस्थापनको हिसावले पनि सडक विस्तार आवश्यक रहेको र आफ्नो पुर्ण रुपमा सडक विस्तारको लागि पहल हुने आश्वासन समेत उनले व्यक्त गरे ।

हाल हेटौंडा ३ नम्वर प्रदेशको राजधानी बनेपछि भने झनै सवारी व्यवस्थापनमा समस्या थपिदैं गएको पनि उनले स्मरण गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*