मकवानपुरगढीको सिमलटारमा धमाधम बाटो स्ल्याब हुँदै

तु खबर संवाददाता
२०७४ चैत्र ७, बुधबार १४:२८

मकवापनुर, ७ चैत । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारका विभिन्न स्थानहरुमा धमाधम बाटो स्ल्याब गर्न सुरु गरिएको छ । धुलो उड्ने सडकका कारण गाउँको ईज्जतमै दाग लाग्ने अवस्था भोगिरहेका स्थानीयहरु समेत बाटो बन्ने भएपछि खुशी भएका छन् ।

७ मिटर चौडाई र २३३ मिटर लम्बाईको स्ल्याब निर्माण हुन लागेको हो । अहिलेको बजेट मा बन्ने भएको छ । धुलो उड्ने ग्राभल बाटो भएकोले सामरीको बस्ती बीचहरुमा स्ल्याब बन्ने काम धमाधम सुरु गरिएको बताइएको छ । सिमलटार बाहेक यसअघि नै साविक आमभज्ञ्याङका धादिङ, भालुखोला र कालिवनका केहि स्थानहरुमा समेत स्ल्याबको काम भइसकेको बताइएको छ ।

बाटो स्तरीकरणकै लागि स्थानियसंग बाटोसंग जोडिएको जग्गा र घर हुनेले आफ्नो भागमा परेको मिटरको ३ सय रुपैयाँको दरले संकलन गरिएको र स्थानिय संघसंस्थाबाट आर्थिक सहयोग लिईएको बताइएको छ । स्थानीयबाट उठाएको रकम र गाउँपालिकाबाट आएको २५ लाख बजेटमा स्ल्याब निर्माण गर्न लागिएको बाटो निर्माण समितिका सचिव जयराम तिमल्सिनाले बताए । सिमलटार बस्ती ठुलो भएकोले अहिले २३३ मिटर मात्र बाटो निमार्ण गरिने र बाँकी अर्को बजेटमा काम गर्ने समितिका अध्यक्ष कृष्णसिद्धी लामाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*