सांस्कृतिक क्रान्तिका गफ दिने प्रचण्ड फेरि भेटिए पूजा गर्दै

तु खबर संवाददाता
२०७४ चैत्र ७, बुधबार १३:२९

सिरहा / पुष्पकमल दाहाल उर्फ प्रचण्डले जनवादी क्रान्तिकाे सपना देखाएर हजाराैँ युवालार्इ युद्धमा हाेमेका थिए । युद्धसँगै उनी सांस्कृतिक क्रान्तिकाे कुरा गर्थे ।

धर्मलार्इ अफिम भन्थे अनि धार्मिक अनुष्ठान, परम्परा र रीतिरिवाजकाे चर्काे विराेध गर्थे । उनकै नेतृत्वमा रहेकाे पार्टीले संस्कृति भाषामाथि प्रतिबन्ध लगायाे, संस्कृत पठनपाठन बन्द गरायाे ।

उनका अनुयायीहरूले उनले जे जे भने सबै मान्दै गए । तर, जब उनी सहर परे, ती सबै मान्यताहरू एकपछि अर्काे गर्दै कुल्चँदै गए । मुखमा क्रान्तिका कुरा गर्न अाज पनि छाडेका छैनन् । तर, व्यवहारमा भैँसी पूजादेखि अाजकाे याे तस्बिरमा देखिएकाे पूजापाठसम्म अंगालेका छन् ।

संस्कृत भाषामाथि प्रतिबन्ध लगाएर पढ्न राेक लगाउने तिनै प्रचण्ड अाज सिरहामा यस्ताे अवस्थामा देखिए ।

हुलाकी लोकमार्गको शिलान्यासकाे क्रममा उनी खाँट्टी ब्राह्मण कर्ममा देखिए । हातमा कुशकाे अाैँठी लगाएर, अासनमा बसेर मन्त्राेच्चारण गर्दै पूरा गरिरहेकाे देखियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*