दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त पक्राउ

तु खबर संवाददाता
२०७४ चैत्र ७, बुधबार १३:२६

काठमाडौं / दरबारमार्ग बलात्कार घटनाका मुख्य आरोपी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले २२ वर्षीय शैलेस कार्कीलाई दरबारमार्गबाटै पक्राउ गरेको हो।

रामेछाप दुरागाउँ-३ घर भई धुम्बाराही बस्ने शैलेशसहितको समूहले माघ पहिलो साता ल्याण्डमार्क होटलमा एक युवतीको बलात्कार गरेका थिए । तर, घटना मिलापत्रमा लुकाइएको थियो । घटनालगत्तै प्रहरीले उनीहरुको ब्यापक खोजि गरिरहेको थियो ।

बलात्कार जस्तो जघन्य अपराधको घटनालाई आर्थिक लेनदेनमा मिलाएको आरोपमा महानगरीय प्रहरी बृत्त दरबारमार्गका डिएसपी तिलक, इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरी समेत कारबाहीमा परेका थिए।

गत माघ ७ मा काठमाडौंको होटेल ल्याण्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामुहिक बलात्कार गरेपछि युवती उजुरी दिन दरबारमार्ग बृत्त पुगेकी थिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*